२०८१ आश्विन ६ , आइतवार

पुष्प खड्का र समारिका ढकालको ‘सहरमा एउटा हल्ला’ सार्वजनिक

सुनाखरी न्युज/ काठमाडौं । गायक ज्वाला राज शर्माको स्वरमा सजिएको ‘सहरमा एउटा हल्ला’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

भिडियो ओएसआर डिजिटल नामक युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको हो । गीतमा शब्द डा. राजु बाबु श्रेष्ठको रहेको छ भने संगीत अनिश श्रेष्ठको रहेको छ । प्रेमिल शैलीको यस गीतलाई गुरुङ कुमारले संगीत संयोजन गर्नुभएको हो ।

म्युजिक भिडियोमा नायक पुष्प खड्का र समारिका ढकालबीचको अन्स्क्रिन प्रेमलाई देख्न सकिन्छ । बुद्ध थापाले छायांकन गरेको यस भिडियोलाई बिकाश धमलाले सम्पादन गर्नुभएको हो । रनिकेश खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो ।