२०८१ आश्विन ६ , आइतवार

अहिलेसम्मकै सबैभन्दा महँगो फिल्म अवतार–२ भोलिबाट रिलिज हुुँदै

सुनाखरी न्युज / विश्वकै महँगो फिल्म अवतार– द वे अफ वाटर भोलि रिलिज हुँदैछ । यो फिल्म २५० मिलियन डलर ९२००० करोड रुपैयाँमा बनेको हो ।दुई सय ५० मिलियन डलरर्समा बनेको फिल्मलाई क्यानडियन फिल्ममेकर जेम्स क्यामरूनले निर्देशन गरेका हुन ।

उनकी आमा शर्ली क्यामरूनले एक सपना देखेकी थिइन । जसमा निलो रङ गरेकी करिब १२ फिटकी महिला देखिन । शर्लीले यो सपना छोरा जेम्सलाई सुनाइन् । त्यही सपना सुनेर जेम्सले निलो रङ गरेको मानिसहरू बस्ने ग्रहको कल्पना गरे । यो त्यस समय थियो, जतिबेला जेम्सले फिल्म ‘टाइटाकिन’ बनाउने भनेर पनि सोचिसकेका थिएनन ।

 

यो सपनाबारे सुनिसकेपछि उनले पहिला ‘टाइटानिक’ बनाए र त्यसको ठिक १२ वर्ष पछि त्यही सपनालाई लिएर उनले अवतार बनाए । अवतारको पहिलो भाग भनेको १३ वर्षपछि यसको दोस्रो भाग प्रदर्शन हुन लागेको हो । अवतार भन्दा पहिला ‘टाइटानिक’ संसारमा सबैभन्दा बढी कमाई गर्ने फिल्म थियो । सन् २००९ मा रिलिज भएको अवतारको पहिलो भागले यो रेकर्ड तोड्यो ।जेम्सले यी फिल्ममा प्रविधिको उच्चतम प्रयोग गरेका थिए । जुन वर्तमान समयभन्दा धेरै अगाडि थियो ।

 

आफ्नो पहिलो फिल्म ‘द टर्मिनेटर’ देखि अवतार २ सम्म आउँदा जेम्सले फिल्म बनाउने तौर तरिकामा सबैलाई चकित बनाएका छन । अवतार मात्र होइन, जेम्स क्यामरुनले फिल्महरूको प्रविधिको अग्रगामी गरे। उनको डेब्यु फिल्म द टर्मिनेटरदेखि अवतार २ सम्म, उनको करियर र फिल्म बनाउने तरिका अचम्मको छ । रमाइलो कुरा के हो भने जेम्सले आफ्नै फिल्म लेखेर आविष्कार गरेपछि त्यसको छायांकन गर्ने प्रविधि पनि जेम्सले नै गर्छन ।