सुनाखरी न्युज/ काठमाडौं । एनएमबी बैंकले स्वतन्त्र संचालकमा बन्दना पाठकलाई नियुक्त गरेको छ ।
बैंकको मंसिर २८ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौं ज्ञानेश्वर काठमाडौ निवासी पाठकलाई नियुक्त गरेको हो ।
बैंकको स्वतन्त्र सञ्चालकको पद रिक्त थियो । नियम अनुसार सूचिकृत पब्लिक लिमिटेड कम्पनीले अनिवार्य स्वतन्त्र सञ्चालक नियुक्त गर्नु पर्छ ।