२०८१ आश्विन ६ , आइतवार

‘हात्तीछाप’फिल्ममा दयाहाङ राई सम्झौता

सुनाखरी न्युज / काठमाडौँ  – किरण नेपालीको निर्माणमा तयार हुन लागेको सामाजिक कथावस्तुको फिल्म ‘हात्तीछाप’मा नायक दयाहाङ राई अनुबन्धित भएका छन् । दयासँग निर्माणपक्षले बिहिबार कागजी सम्झौता गरेको छ ।

 

यो चलचित्रलाई सिमोस सुनवारले निर्देशन गर्दैछन् । चलचित्रका लागि अन्य कलाकार फाइनल गरिएको छैन । प्रदीप भारद्धाजको कथा मन पराएपछि ‘२ नम्बरी’का निर्माता किरणले ‘पोई पर्यो बुढो’लाई पोष्टपोन्ड गर्दै यो कथामा फिल्म बनाउन लागेका हुन् ।

 

दयाले किरणसँग फिल्म ‘२ नम्बरी’मा सहकार्य गरेका थिए । यो फिल्म बक्स अफिसमा सुपरहिट भएको थियो । सामाजिक कथावस्तुमा निर्माण हुने फिल्मको छायांकन चैत्रबाट सुरु गर्ने योजनामा निर्माणपक्ष छ ।