२०८१ कार्तिक ३० , शुक्रवार

१३ निर्माण कम्पनी कालोसूचीमा

सुनाखरी न्युज/ काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले १३ वटा निर्माण कम्पनीलाई कालोसूचीमा सूचीकृत गरेको छ । कार्यालयले सार्वजनिक खरिद ऐन २०६३ बमोजिम मंसिर २९ गते सार्वजनिक सूचना प्रकाशित गरेर १३ निर्माण कम्पनीलाई १ देखि ३ वर्षको लागि कुनै पनि निर्माण गतिविधिमा सहभागी हुन नपाउने गरी कालोसूचीमा राखेको छ ।

 

३ वर्षको लागि याक्थुम्हाङ निर्माण सेवा, बीपी कन्स्ट्रक्सन लहान र स्टार अफिस इन्टरनेशनललाई कालोसूचीमा राखेको छ । साथै १ वर्षको लागि अग्रिम निर्माण सेवा, पीपी निर्माण सेवा, देव कन्स्ट्रक्सन धनुषा, जन कन्स्ट्रक्सन भरतपुर, जय निर्माण सेवा कपिलवस्तु कालोसूचीमा परेका छन् । खरिद कार्यालयले मुलुकभरबाट सिफारिस भएर आएका निर्माण कम्पनीहरूलाई कालोसूचीमा सूचीकृत गरेको छ । सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम यो सूचना प्रकाशित भएको मितिदेखि लागू हुने गरि निर्माण व्यवसायी र आपूर्तिकर्ता निर्माण सुर्या रोशनी इन्डष्ट्रियल प्रा।लि।, पुतलीसडक, काठमाण्डौ कालो सूचीमा परेको छ ।

 

व्यवसायी र आपूर्तिकर्ताहरुले कालो सूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारवाहीमा भाग लिन नसक्ने अनुगमन कार्यालयले जनाएको छ । त्यस्तै, सपना निर्माण सेवा हेटौंडा, मकवानपुरका सञ्चाकल हरि प्रसाद ढकाल र गौरव पुडासैनीसहित कम्पनी कालो सूचीमा परेको छ । यो कम्पनीलाई कालो सूचीमा राख्न पठाउने सार्बजनिक निकायको नाम सडक डिभिजन चन्द्रनिगाहपुर, रौतहट रहेको छ । राष्ट्र निर्माण सेवा, राजदेवी, रौतहटका सञ्चालक संजय गिरी रहेका छन् । कालो सूचीमा राख्न लेखि पठाउने सार्बजनिक निकायको भने मधेश प्रदेश सरकार, गृह तथा सञ्चार मन्त्रालय,जनकपुरधाम, धनुषा रहेको छ ।

 

नन्दु निर्माण सेवा मलंगवा, सर्लाहीका सञ्चालक विनोद कुमार साहको कम्पनी पनि कालो सूचीमा परेको छ । उक्त कम्पनीलाई कालो सूचीमा राख्न लेखि पठाउने सार्बजनिक निकायको नाम गृह तथा सञ्चार मन्त्रालय, जनकपुरधाम, धनुषा रहेको छ । लोहनी एण्ड सन्स कन्स्ट्रक्सन, भरतपुर, चितवनका सञ्चालक लेखनिधि लोहोनी, अशोक लोहोनी र दिपक ढकाल रहेका छन् । कम्पनीलाई कालो सूचीमा राख्न लेखि पठाउने सार्बजनिक निकायको सडक डिभिजन भरतपुर, चितवन रहेको छ । त्यस्तै, खिम निर्माण सेवा, कपिलवस्तु नपा वडा नं ४, कपिलवस्तुका सञ्चालक लोकनाथ यादव पनि कालो सूचीमा परेको छ । कालो सूचीमा राख्न लेखि पठाउने सार्बजनिक निकायको नाम स्(श्री कपिलवस्तु नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, तौलिहवा, कपिलवस्तु रहेको छ ।

 

खहरेखोला इन्टरप्राइजेज, गोठाटार, काठमाण्डौका सञ्चालक मुकुन्द प्रसाद गौतमलाई पनि कार्यालयले कालो सूचीमा राखेको छ । कालो सूचीमा राख्न लेखि पठाउने सार्बजनिक निकायको नाम कागेश्वरी मनोहरा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, डाँछी, काठमाण्डौ रहेको छ ।