२०८१ आश्विन ८ , मंगलबार

अर्को सूचना प्रकाशित नभएसम्मको लागि राहदानी सेवा बन्द

सुनाखरी न्युज/ तेह्रथुम । तेह्रथुममा राहदानी सेवा बन्द भएको छ । जिल्ला प्रशासन कार्यालय तेह्रथुमले एक सूचना जारी गर्दै राहदानी सेवा बन्द भएको जानकारी दिएको हो ।

जिल्ला प्रशासन कार्यालय तेह्रथुमले जारी गरेको सूचनामा भनिएको छ- ‘यस कार्यालयबाट प्रवाह भइरहेको राहदानी सेवा मिति २०७९/०९/०३ गतेदेखि प्राविधिक कारणवश अर्को सूचना प्रकाशित नभएसम्मको लागि बन्द भएको सम्बन्धीत सबैमा सूचित गरिन्छ ।’