सुनाखरी न्युज/ काठमाडौं । मंसिर महिनामा वाणिज्य बैंकहरुमा कुल ५८ अर्ब रुपैयाँ निक्षेप थपिएको छ ।
नेपाल बैंकर्स एसोसिएसनले सार्वजनिक गरेको तथ्यांकअनुसार कात्तिक मसान्तसम्म कुल ४५ खर्ब ६३ अर्ब रुपैयाँ निक्षेप संकलन भएकोमा मंसिर मसान्तसम्म आउँदा ४६ खर्ब २१ अर्ब रुपैयाँ पुगेको छ । मंसिरको अन्तिम साता मात्रै २३ अर्ब रुपैयाँ निक्षेप थपिएको हो । निक्षेपमा सामान्य सुधार देखिँदा कर्जा विस्तार भने सुस्त देखिएको छ । मंसिर महिनाभर थप २ अर्ब मात्रै कर्जा प्रवाह भएको छ ।
कात्तिक मसान्तसम्म ४२ खर्ब २२ अर्ब रुपैयाा कर्जा प्रवाह भएकोमा मंसिर मसान्तसम्म ४२ खर्ब २४ अर्ब रुपैयाँ कायम भएको छ । कात्तिक महिनामा पनि २ अर्ब मात्रै कर्जा विस्तार भएको थियो ।