सुनाखरी न्युज/ काठमाडौं । एक वरिष्ठ स्वास्थ्य अधिकारीले यस जाडो मौसमका दौरान चीनमा कोभिड–१९ को तीनवटा लहर देखिने बताएका छन् ।
उनले यसको पहिलो लहर सुरु भइसकेको पनि बताएका हुन् ।यस महिनाको सुरुवातदेखि चीनले आफ्नो कडा कोभिड नीतिलाई खुकुलो पारेपछि सङ्क्रमणको मामिला तीव्र रूपमा बढिरहेको छ । पछिल्लो तथ्यांकअनुसार प्रतिदिन देखिने सक्रिय सङ्क्रमितको सङ्ख्यामा कमी देखिए पनि देशमा परीक्षणको सङ्ख्यामा पनि घटेका कारण यसमा यसमा कमी आएको हुनसक्ने आङ्कलन गरिएको छ । आइतबार जारी भएको सरकारी तथ्याङ्कमा चीनमा २ हजार ९७ नयाँ सङ्क्रमित देखापरेका छन् ।
एपिडेमियोलोजिस्ट वू जुन्योका अनुसार सङ्क्रमणको उछाल जनवरीसम्म चल्नेछ । दोस्रो लहर २१ जनवरीबाट सुरु हुनेछ जसको कारण लुनर नयाँ वर्ष हुनेछ । चीनका अनुसार ९० प्रतिशतभन्दा बढी जनसङ्ख्याले कोभिडविरुद्धको खोप लगाइसकेका छन् ।एजेन्सी