सुनाखरी न्युज/ काठमाडौं । सिमकोट – सर्केगार्ड गाउँपालिका–४ को झापुुकुुना मैदानमा नयाँ रंगशाला निर्माण भएको छ। रोयल गौरी साँया युवा क्लबको समन्वयमा दुुई वर्षअघिबाट सुुरु गरेको रंगशाला निर्माण पूरा भएको हो।
क्लबका अध्यक्ष गोरखबहादुुर शाहीका अनुुसार झापुुकुुना रंगशाला निर्माण भएकोे बताए। उनले अन्य खेलिने सबै खेल सञ्चालन गर्न सकिने र फुटबलमा भने सेभेन ए साइटको प्रतियोगिता सो रंगशालामा खेलाउन सकिने बताए। यसलाई पूर्ण फुटबल प्रतियोगिता सञ्चालनका लागि आवश्यक पर्ने ग्राउण्ड निर्माण कार्य भविष्यमा गरिनेछ। रंगशालाको अधिकांश काम सम्पन्न भए पनि नदी किनारमा घेराबार गर्ने कार्य बाँकी रहेको र त्यसका लागि स्रोत खोज्ने कार्य भइरहेको छ। फुुटबल, भलिबल, ब्याडमिन्टनलगायत प्रतियोगिता सञ्चालन भइरहेका छन्। फुटबलका लागि बल नदीमा खस्ने समस्या देखिएका कारण अब नदी किनारमा घेरावार गर्न आवश्यक रहेको अध्यक्ष शाहीले बताए।
यसका लागि हालसम्म ३४ लाख ५० हजार रुपैयाँ खर्च भएको छ भने क्लबले गरेको जनश्रमदान यसमा जोडिएको छैन। मैदानको उत्तरपट्टि प्यारापिट पनि निर्माण गरिएको छ। यसअघि विद्यालयको धुलाम्मे ग्राउण्ड र खाली चौरमा खेलकुद प्रतियोगिता सञ्चालन हुने सर्केगार्ड गाउँपालिकामा अब खेल मैदान निर्माण भएपछि खेल सञ्चालन गर्न सहज भएको छ।