२०८१ कार्तिक ३० , शुक्रवार

११ अर्ब १६ करोडको विद्युत निर्यात,यस वर्षबाट विद्युत आयात भन्दा निर्यात बढी हुने

सुनाखरी न्युज/ काठमाडौं । यस वर्षको ३ पुससम्ममा ११ अर्ब १६ करोड ३०लाख रुपैयाँको विद्युतभारत तर्फ निर्यात भएको छ । देशभित्र खपत गरी अतिरिक्त भएको एक अर्ब ३५ करोड ७७लाख ५७ हजार युनिट विद्युत नेपाल विद्युत प्राधिकरणले निर्यात गरी ११ अर्ब १६ करोड ३०लाख रुपैयाँ आर्जन गरेको छ ।

 

प्रााधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत १९ जेठ २०७९ बाट इन्डियनइनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स)को डे–अहेड बजारमा प्रतिस्पर्धा मार्फत बिक्री सुरु गरेको थियो । भारत सँगको विद्युत व्यापार भारतीय रुपैयाँ (भारु)माहुने भएकोले यस अवधिमा विद्युत बिक्री बाट ६ अर्ब ९७ करोड ६९लाख भारु नेपाल भित्रिएको छ । सुरुमा दुई वटा जलविद्युत केन्द्रहरु बाट उत्पादित ३९ मेगा वाट विद्युत लाई स्रोत मानी दैनिक रुपमा आइएक्समा बिक्री सुरु गरिएको थियो । त्यस पछि २७ जेठबाट ६ वटा जलविद्युत केन्द्र बाट उत्पादित विद्युतलाई स्रोत मानी दैनिक रुपमा३६४ मेगावाट भारतीय बजारमा प्रतिश्पर्धी दरमा बिक्री गरिएको थियो । प्राधिकरणले गत १८ र ३० कात्तिक बाट थप दुई जलविद्युत केन्द्रबाट उत्पादित विद्युत निर्यात गर्न स्वीकृति पाएको थियो । योसँगै आठ जलविद्युत केन्द्र बाट उत्पादित विद्युतलाई स्रोत मानी भारतर्फ निर्यात हुने विद्युतको स्वीकृतिक्षमताचार सय आठ मेगावाट रहेको छ ।

 

प्राधिकरणले गत आर्थिक वर्ष २०७८÷७९को जेठ तथा असारमा २९ करोड ९१ लाख युनिटविद्युतनिर्यात गरी दुई अर्ब ८३ करोड ८८ लाख रुपैयाँ आम्दानी गरेको छ । चालू आव २०७९÷८० को ३ पुस सम्ममा एक अर्ब पाँच करोड ८६ लाख ३४ हजार युनिट विद्युत निर्यात गरी आठ अर्ब ३२ करोड ४२ लाख ४० हजार रुपैयाँआर्जन गरिएको छ । चिसो बढ्दा काठमाडौं उपत्यका लगायतको विद्युत माग बढेको तर खोला नालामा पानीको बहाब घट्दा नदी प्रवाहमा आधारित जलविद्युत केन्द्रहरुबाट उत्पादन कम भए सँगै विद्युत निर्यात बन्द भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनुभयो । कार्यकारी निर्देशकघिसिङले देशभित्रको उत्पादन घट्दा हिउँदयामका करिब चार महिनाको विद्युत माग धान्न भारत बाट विद्युत आयात गर्नु पर्ने वाध्यात्मक अवस्था रहेकोउल्लेख गर्नुभयो । घिसिङले वैशाखअन्तिम÷जेठको पहिलो हप्ताबाबाट फेरि विद्यत निर्यात सुरु हुने बताउनुभयो ।

 

‘देशभित्रको उत्पादन घट्दा आन्तरिक माग धान्न दैनिक रुपमा विद्युत आयात सुरु भएको छ, विद्युत आयात करिब ४ महिना सम्म रहने हाम्रो प्रक्षेपण छ, तर विद्युत आयात परिमाण निर्यात भन्दा कम हुनेछ’, कार्यकारी निर्देशक घिसिङले भन्नुभयो । ‘विगतका वर्षहरुमा विद्युतनिर्यात परिमाण आयात भन्दा कम हुने गरेकोमा यस वर्षबाटनिर्यात बढी र आयातकम हुने छ, विद्युत निर्यात र त्यस बाट प्राप्त हुने रकमदुवैमाहामीखुदनिर्यातकर्ता बन्नेछौं ।’ प्राधिकरणले आइएक्सको प्रतिश्पर्धी बजारमा विद्युत बिक्री र खरिद गर्दै आएको छ । ‘आइएक्सबाट मात्र खरिद गर्ने या उत्पादकहरु सँग छोटो अवधिको विद्युत खरिद सम्झौता गरी आयात गर्ने भन्ने बारेमा छलफल भइरहेको छ’,उहाँले उल्लेख गर्नुभयो । ‘यसका लागि बजार अध्ययन गरिरहेका छौं ।’

 

आइएक्समा विद्युत खरिद बिक्रीका लागि २४ घण्टालाई १५÷१५ मिनेटको ९६ वटाब्ल्कमाविभाजन गरी बजारले तय गरेको प्रतिश्पर्धी दरमा विद्युतको कारोबार गरिन्छ । त्यसैले हरेक ब्ल्कको मूल्य फरक–फरक हुने गरेको छ । प्राधिकरणले ३ पुससम्मनिर्यात गरेकोविद्युतको औसत दर प्रतियुनिटआठ रुपैयाँ २२ पैसा रहेको छ ।

 

विद्युतनिर्यातको परिमाणर प्राप्त रकम
महिना निर्यात ऊर्जा(युनिट) भारतीय रुपैयाँ नेपाली रुपैयाँ औसत दर प्रतियुनिट(नेपाली रुपैयाँ)
जेठ ६ करोड ५९लाख १९ हजार ५० करोड ४लाख ८० करोड ६लाख १२.१५
असार २३ करोड ३२ लाख ४हजार १ अर्ब २७ करोड ३८लाख २ अर्ब ३ करोड ८१लाख ८.७४
साउन २४ करोड २६ लाख ८३हजार १ अर्ब २५ करोड ८०लाख २ अर्ब १ करोड २७लाख ८.२९
भदौ २४ करोड ६७लाख ८५हजार १ अर्ब ४९ करोड ९२लाख २ अर्ब ३९ करोड ८८लाख ९.७२
असोज २६ करोड ६५ लाख २७हजार १ अर्ब ९ करोड ६१ लाख १ अर्ब ७५ करोड ३८ लाख ६.५८
कात्तिक २० करोड ७४ लाख १९ हजार ८६ करोड ६० लाख १ अर्ब ३८ करोड ५५ लाख ६.६८
मंसिर ९ करोड ४८ लाख ४८ हजार ४८ करोड ५ लाख ३९ हजार ७६ करोड ८८ लाख ६२ हजार ८.११
३ पुससम्म ३ लाख७२ हजार २८ लाख ५१ हजार ४५ लाख ६२ हजार १२.२६
जम्मा १ अर्ब ३५ करोड ७७लाख ५७हजार ६ अर्ब ९७ करोड ६९लाख ११ अर्ब १६ करोड ३० लाख ८.२२
स्रोत : नेपाल विद्युत प्राधिकरण ।