२०८१ कार्तिक ३० , शुक्रवार

संसदीय दलमा सांसदले जनमतको प्रतिनिधित्व गर्नुपर्छ पार्टीको होइन : गगन थापा

सुनाखरी न्युज/ काठमाडौं ।
संसदीय दलको नेतामा उम्मेदवारी दिएका कांग्रेस महामन्त्री गगन थापाले सांसदहरुले जनमतको प्रतिनिधित्व गर्नुपर्ने उल्लेख गर्दै आफ्नो पक्षमा उभिन आग्रह गरेका छन् । संसदीय दलको नेतामा उम्मेदवारी दिएपछि थापाले जनमत परिवर्नवको पक्षमा आएकोले त्यसलाई बुझेर अघि बढ्न अनुरोध गरेका हुन् ।

कांग्रेसको भविष्यका लागि र परिवर्तनको पक्षमा संसदीय दलको निर्वाचनमा भाग लिन आग्रह गर्छु । संसदीय दलभित्र हामी पार्टीका आन्तरिक मतदाता होइनौं हामी जनताबाट चुनिएर आएका हौं । सांसदले जनमतको प्रतिनिधित्व गर्नुपर्छ । के जनमत प्रकट भएको छ,जनताको आकांक्षा के छ । त्यो ख्याल गर्नुपर्छ, उम्मेदवारी दर्तापछि मंगलबार  सञ्चारकर्मीलाई दिएको प्रतिक्रियामा उनले भने ।

 

उनले चुनावबाट कांग्रेससँग अपेक्षा जोडिएकोले त्यो सुशासन र सुखद परिणामका लागि जनमतअनुसार सबै अघि बढ्न अनुरोध गरे । पार्टी र संसद् दुवैतर्फ रुपान्तरण जरुरी रहेकाले त्यसका लागि आफू अघि बढेको महामन्त्री थापाको भनाइ छ ।

देउवासँग वर्षौं संघर्ष गरी अहिले देउवाकै समर्थक बसेका पौडेललाई पार्टीको भविष्यका लागि विचार गर्न थापाले आग्रह गरे ।