२०८१ आश्विन ६ , आइतवार

विल्सन बिक्रमको ‘लुखुर लुखुर’ सार्वजनिक

पछिल्लो समय फिल्म कलाकार धमाधम म्युजिक भिडियोमा देखिन थालेका छन् । तीमध्येका एक हुन् विल्सन बिक्रम राई । यस्तैमा राई अभिनित नयाँ म्युजिक भिडियो ‘लुखुर लुखुर’ सार्वजनिक भएको छ ।

 

भिडियोमा राईलाई सागर खनाल,  बेदना राई, लोसीना लामिछाने, सौगात करनजीत र गंगा कुंवरले अभिनयमा साथ दिएका छन् । रचना रिमाल र किरण भुजेलको स्वर रहेको गीतमा नागेन्द्र श्रेष्ठको संगीत छ । गीतको भिडियो काठमाडौँका रमणीय स्थानमा छायांकन गरिएको हो ।

 

वैँशालु उमेरमा सुटुक्क प्रेममा गर्ने युवाहरुको कथामा भिडियोमा बुनिएको छ । भिडियोको निर्देशन हिराकाजी थापाले गरेका हुन् । भिडियोमा प्रमोद के भण्डारीको कोरियोग्राफी, संजय लामाको छायांकन, प्रवीन भट्टको सम्पादन छ ।