२०८१ पुष २८ , आइतवार

शिल्पी थिएटरमा ‘ज्ञानको चिहान’ मञ्चन हुदैँ

सुनाखरी न्युज/ काठमाडौं । ‘ज्ञानको चिहान’ मञ्चन हुने भएको छ । बत्तिसपुतलिको शिल्पी थिएटरमा नाटक मञ्चन गरिने भएको हो । पौष १३ देखि ३० गतेसम्म नाटक मञ्चन हुने छ ।

 

ज्ञान विभिन्न तरिकामा सन्दर्भ गर्न सकिन्छ । यसको सामान्य अर्थमा शब्द ज्ञानले कुनै खास विषय वा विषयमा सञ्चित जानकारीलाई जनाउँछ । अधिक विशिष्ट अर्थमा, ज्ञान क्षमता, कौशल, मानसिक प्रक्रियाहरू र व्यक्तिद्वारा प्राप्त जानकारीको सेटको रूपमा परिभाषित गरिएको छ । जसको कार्य हो वास्तविकता वर्णन गर्न, समस्याहरू समाधान गर्न र व्यवहारलाई निर्देशित गर्छ । यस्तै, प्रश्न नै प्रश्ननले घेरिएको शब्द “ज्ञान” लाई नै नजर राख्दै नाटक ‘ज्ञानको चिहान’ मञ्चन हुने भएको हो ।

 

नाटकलाई माओवादी केन्द्र निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीको सहकार्यमा कलासी प्रोडक्सनले प्रस्तुत गर्न लागेको हो । सामुदायिक शिक्षालाई कसरी सुधार्ने, शिक्षामा निजीकरणले, निम्त्याएको समस्या, विश्वविद्यालय भित्रका समस्या र समाधानका विषयवस्तुलाई समेटेर तयार गरिएको नाटकलाई संगीत सापकोटाले निर्देशन गर्नु भएको हाे । भने, नाटकको कथा पूर्ण बहादुर गन्धर्व र नरेश रेग्मीले तयार पार्नुभएको हो ।

 

नाटकमा सौभाग्य सिंह राई, विशाल देवकोटा, सुचित्रा उप्रेती, उन्नत जङ्ग उप्रेती, नवीन अर्याल, दीपेश काफ्ले, सन्जित प्रताप मल्ल, नवीन प्याकुरेल, सुनिल तामाङ, अर्जुन दुलाल, विकाश लामा, मौसम खड्का, आइपि आचार्य, सुन्दर धिताल, प्रीतिशा अधिकारी, पूर्ण बहादुर गन्दर्व लगायत कलाकारहरुको अभिनय रहेको छ ।