२०८१ पुष ९ , मंगलबार

रसुवाको वेत्रावतीमा भक्तालुको भीड

सुनाखरी न्युज/ काठमाडौं । पुसे औँसीको अवसरमा रसुवाको वेत्रावतीमा भक्तालुको भीड लागेको छ ।

 

पुस महिनाको औँसीमा पितृ कर्म, पिण्ड, तर्पण अनि श्राद्ध दिन वेत्रावती जाने गर्दछन् । पौसे औँसीको दान पुण्य हुने विश्वास पनि छ । वेत्रावतीसँगै काठमाडाै‌को गोकर्ण, सुनसरीको वराहक्षेत्र, मुस्ताङको कागबेनीलगायतमा पनि श्राद्ध गर्नेहरूको भीड लाग्ने गर्छ ।

 

छोटो र चिसो दिनहरू भएको पुस महिना धनधान्य र सौभाग्यको हिसाबले असाध्यै महत्त्वपूर्ण महिना मानिन्छ ।