२०८१ आश्विन ६ , आइतवार

प्रियंका र आयुष्मानको ‘तिम्रो मायाको सागरमा’ सार्वजनिक

सुनाखरी न्युज/ काठमाडौं । कुमार सानु र देविका बन्दनाको स्वर तथा सन्तोष श्रेष्ठको संगीतमा ‘तिम्रो मायाको सागरमा’ बोलको रोमान्टिक म्युजिक भिडियो सार्वजनिक भएको छ ।

 

गीतमा प्रियंका कार्की र आयुष्मान देशराज जोशीले अभिनय गरेका छन् । गीतका शब्द सुरेन्द्र महर्जन ‘अमर’ले लेखेका छन् । गीतमा शब्द, संगीत र स्वरको उत्कृष्ट संयोजन छ । गीत अनुसार प्रियंका र आयुष्मानको अभिनय उत्कृष्ट रहेको भन्दै देविकाले यो गीतबाट आफूले धेरै आशा गरेको बताइन् । गीतको अरेन्ज राजु कार्कीले गरेका छन् ।

 

निकेश खड्काको निर्देशनमा म्युजिक भिडियोको छायांकन बुद्ध थापाले र सम्पादन विकास धमलाले गरेका छन् । बुधबार राइजिङ मलको हलमा आयोजित औपचारिक कार्यक्रममा बसुन्धरा भुसाल, संगीता प्रधान र शर्मिला मल्लले संयुक्त रुपमा गीत सार्वजनिक गरेका थिए । गीत देविका बन्दनाको युट्युब च्यानलमा सार्वजनिक गरिएको छ ।