२०८१ कार्तिक ३० , शुक्रवार

१८ प्रतिशतले घट्यो मुलुकको ब्यापार घाटा

logo-sunakhari

सुनाखरी न्युज/ काठमाडौं । मुलुकको ब्यापार घाटा १८.७७ प्रतिशतले घटेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको साउनदेखि मंसिर मसान्तसम्म ५ महिनाको अवधिमा मुलुकको कुल ब्यापार घाटा ५ खर्ब ९७ अर्ब ४४ करोडमा सीमित भएको छ ।

गत आर्थिक वर्षको यसै अवधिमा ब्यापार घाटा ७ खर्ब ३५ अर्ब ४८ करोड पुगेको थियो । सरकारले चालु आर्थिक वर्ष मंसिर मसान्तसम्म नै केही वस्तुको आयात प्रतिबन्ध गरेका कारण मुलुकको समग्र आयात गत वर्षको तुलनामा घट्न जाँदा ब्यापार घाटामा कमी आएको हो । मंसिर मसान्तसम्म प्रतिबन्ध गरिएका चार पांग्रे सवारी, महँगा मोबाइल, १५० सीसीमाथिका मोटरसाइकल तथा मदिराको आयात पुसदेखि खुला भएको छ ।

चालु आर्थिक वर्षको ५ महिनामा कुल ६ खर्ब ६४ अर्ब ७४ करोडको वस्तु आयात भएको छ भने ६७ अर्ब ३० करोडको निर्यात भएको छ । गत वर्षको यसै अवधिको तुलनामा आयात २०.७ प्रतिशत कमी हो भने निर्यात ३४.६१ प्रतिशतले कमी हो ।