२०८१ आश्विन ६ , आइतवार

द भ्वाइस अफ नेपालको चौथो सिजनलको ग्रान्ड फिनाले आज

सुनाखरी न्युज/ काठमाडौं । टेलिभिजन रियालिटी शो ‘द भ्वाइस अफ नेपालको’को चौथो सिजनले आज (शुक्रबार) विजेता प्राप्त गर्दैछ । बेलुका हुने ग्रान्ड फिनालेमा अन्तिम चारका प्रतिस्पर्धी उपाधिका लागि भिड्दैछन् ।

जसमा प्रमोद खरेलको समूहबाट योगेश मगर, टिम राजेश (राजेशपायल राई)बाट सविना योङहाङ, टिम राजु (राजु लामा)बाट करण राई र टिम प्रविशा (प्रविशा अधिकारी)बाट शाइल लिम्बू छन् । दर्शकको भोटको आधारमा विजेता छानिनेछन् । डेढ महिनाअघिदेखि सुरु भएको चौथो सिजनमा ४२ हजार जनाको आवेदनबाट १२० हुँदै छानिएका ६४ जनाले डिजिटल अडिसन दिएका थिए । फिनालेको क्रेज सर्वसाधारणमाझ मात्र होइन, नेतामाझ पनि उत्तिकै छ ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, एमाले नेता योगेश भट्टराईदेखि धरानका मेयर हर्क साम्पाङसम्म भ्वाइसको क्रेज देखिएको छ । राप्रपा अध्यक्ष लिङ्देनले सविना योङहाङ फिनालेमा प्रवेश गरेकोमा खुसी व्यक्त गर्दै नातिनीको लागि भन्दै भोट मागेका छन् । धरानका मेयर साम्पाङ पनि उनलाई जिताउन आग्रह गरिरहेका छन् । फिनालेलाई मनोरञ्जनात्मक बनाउन अन्तिम १२ ट्यालेन्टले गायकी प्रस्तुत गर्ने भएका छन् ।