२०८१ मंसिर १३ , बिहिवार

पुष्पलाल मध्यपहाडी लोकमार्ग सर्घष समितिकाे सम्पुर्ण कार्यक्रम स्थगित

शिशिर पौडेल / पोखरा । पुष्पलाल मध्यपहाडी लोकमार्ग सर्घष समितिले जारी राखेको आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित गरेको छ। विना सहमति लोकमार्गको रेखाङ्कन गरि प्रर्किर्या अघि बढाए पछि लोकमार्गको रूसको विकल्प खोज्न माग गर्दै पोखरा १६ र १९ का पिडितले विगत केही दिनदेखि चरणबद्ध रुपमा आन्दोलन गर्दै आएका थिए। समितिका सचिव सन्दिप थापाले जारी गरेको विज्ञप्तिमा भनिएको छ –

 

पुष्पलाल मध्यपहाडि राजमार्गबाट पाेखरा १६ र १९ खण्डमा बिना सुचना रेखाङकन गरि बिना जानकारि टेन्डर पश्चात ठेक्का प्रकृयामा रहेकाे कार्यकाे बिराेधमा अाज पाेखरा महानगरपालिका कार्यालय कास्किमा गरियकाे धर्ना लाई नगर प्रमुख धनराज अाचार्य ज्यूबाट सकारात्मक रुपमा लिई वार्तामा बाेलाई यस भेगका पुष्पलाल मध्यपहाडि राजमार्गबाट पिडित हुन सक्ने महानुभावहरुलाई सम्बाेधन हुने गरि सम्बन्धित अायाेजना निर्देशनालय, बुद्दनगर काठमाडाैमा अर्काे बिकल्प नखाेजिन्जेल उक्त पाेखरा १६ र १९ खण्डकाे रेखाङकन र टेन्डर प्रकृया तत्काल राेक्नकाे लागि पत्र मार्फत अनुराेध गरियकाे जानकारि गराउदछाै ।

 

अाज गरियकाे धर्नालाई सकारात्मक रुपमा लिई अाफना नागरिक माथिकाे दायित्व निर्वाह गर्नु हुने पाेखरा महानगर प्रमुख धनराज अाचार्य ज्यू प्रति पुष्पलाल मध्यपहाडि राजमार्ग पिडित संघर्ष समिति पाेखरा १६ परिवार अाभार प्रकट गर्दै पाेखरा १६ खण्डकाे पुष्पलाल मध्यपहाडि राजमार्गकाे रेखाङकन गलत भयकाे कुरालाई सकारात्मक रुपमा लिई हामि पिडितलाई साथ दिनुहुने सम्पुर्ण जग्गाधनि, धरधनि, पर्यटकिय क्षेत्रका चिन्तित महानुभावहरु, शैक्षीक क्षेत्रका चिन्तित महानुभावहरु, धार्मिक क्षेत्रका चिन्तित महानुभावहरु, बुद्दिजिविहरु, लगायत बिभिन्न अामा समुह, क्लव, समाजहरु प्रति धन्यवाद ब्यक्त गर्दै अर्काे सुचना नभईन्जेल सम्मका लागि भाेलि देखिका सम्पुर्ण संघर्षका कार्यक्रम स्थगित गरियकाे जानकारि गराउदछाै विज्ञप्तिमा भनिएकाे छ।