२०८१ कार्तिक ३० , शुक्रवार

सरकार गठनको गेहकार्य तिव्र, कांग्रेस सांसदलाई वोलाइयो बालुवाटार

Nepali Congress

सुनाखरी न्युज/ काठमाडौं ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले  सत्तारुढ गठबन्धनमा सरकार गठनबारे छलफल उत्कर्षमा पुगिरहेको बेला प्रधानमन्त्री एवं कांग्रेस सांसदहरूलाई बालुवाटारमा बोलाएका छन् । उनले शनिबार दिउँसो साढे १२ बजेका लागि बैठक बोलाएका हुन् ।

 

 

कांग्रेस सांसदहरूसँग छलफल सकिएपछि सभापति देउवाले सरकार गठनबारे गठबन्धनमा रहेका नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी)  का अध्यक्ष माधवकुमार नेपाललगायतसँग छलफल गर्ने कार्यक्रम रहेको छ ।

 

दलको नेतामा कांग्रेसका महामन्त्री गगनकुमार थापालाई पराजित गर्दै निर्वाचित भएपछि देउवाले पहिलोपटक आफ्नो पार्टीका सबै सांसदलाई बैठकमा बोलाएका हुन् । शुक्रबार साँझ सरकार गठनका विषयमा कांग्रेस सभापति देउवा र माओवादी अध्यक्ष दाहालबीच ३ घण्टासम्म छलफल भएको थियो ।

दाहाल पक्षले प्रधानमन्त्रीको पहिलो कार्यकाल आफूले पाउनेबारे बैठकमा सकारात्मक संवाद भएको जनाएको थियो भने देउवा सचिवालयले भने गठनबन्धन निरन्तर रहनेमा बैठक सकारात्मक रहेको बताएका थिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार साँझ ५ बजेसम्म संविधानको धारा ७६ ९२० अनुसार सरकार गठनका लागि दाबी प्रस्तुत गर्ने समय दिएकी छन् । समय घर्किनै लाग्दा गठबन्धनले आफ्ना सांसदलाई बोलाउने र हस्ताक्षर लिनेदेखि प्रधानमन्त्री‚ राष्ट्रपति‚ सभामुखलगायत पदमा शक्ति बाँडफाँटको निरन्तर छलफल गरिरहेका छन् ।

 

सोहीबमोजिम सांसदलाई बोलाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए ।