सुनाखरी न्युज/ काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले युवाले गुनासो गर्ने नभई समस्या समाधानको बाटो खोज्नुपर्ने बताउनुभएको छ ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा महामन्त्री थापाले युवा देशको भविष्य भएकाले उनीहरू सिर्जनात्मक बन्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
उहाँले युवा समुदायलाई निन्दक नभई आलोचक बन्न सुझाव दिनुभयो । महामन्त्री थापाले निन्दक बन्नु युवाका लागि जीवनकै सबैभन्दा ठूलो कमजोरी हुने ठहर गर्दै अहिलेको युग प्रविधिको भएकाले अनलाइनमा बस्दा पनि सिर्जनात्मक बन्न सल्लाह दिनुभयो ।