२०८१ कार्तिक १७ , शनिवार

अमेरिका र क्यानडामा अत्यधिक हिमपात, ३८ जनाको मृत्यु

सुनाखरी न्युज/ काठमाडौं । अमेरिका र क्यानडामा अत्यधिक हिमपातसँगै बढेको चिसोका कारण ३८ जनाको मृत्यु भएको छ ।

 

अत्यधिक हिमपात र हिमआँधीका कारण अमेरिका र क्यानडाका केही क्षेत्र बरफमय भएका छन् । अधिकारीहरुका अनुसार चिसोकै कारण अमेरिकामा मात्रै ३४ जनाको मृत्यु भएको छ । न्युयोर्क राज्यको बफेलो शहर उच्च हिमपातबाट प्रभावित छ । क्यानडाको पश्चिमी ब्रिटिस कोलम्बिया राज्यको मेरिट शहरमा हिउँले भरिएको सडकमा बस पल्टिदा चार जनाको मृत्यु भएको छ । विगत केही दिनदेखि हिमपात र हिमआँधीले यस क्षेत्रमा विनास निम्त्याएको छ ।

 

हिमपातका कारण अवरुद्ध भएको विद्युत सेवा सुचारु हुँदा सर्वसाधारणले केही राहत महसुस गरेका छन् । हिमपातका कारण विद्युत सेवाबाट बञ्चित रहेका १७ लाख मानिस मध्ये अझै २ लाख मानिससम्म विद्युत सेवा नियमित गर्न सकिएको छैन । मौसमी प्रतिकुलताका कारण हजारौं उडानहरु रद्द हुँदा क्रिसमस मनाउन आफ्नो परिवार भेट्न जानेहरु अलपत्र भएका छन् ।

 

हिमपात र हिमआँधी जारी रहेकाले ५ करोड ५० लाखभन्दा बढी अमेरिकीलाई सर्तक गराइएको छ । क्यानडादेखि दक्षिणी टेक्सससम्म व्यापक हिमपातबाट प्रभावित भएको छ । क्यानाडादेखि दक्षिणी टेक्साससम्म फैलिएको हिमपहिरो अवस्थाको पहुँच अभूतपूर्व भएको छ।