सुनाखरी न्युज/ काठमाडौं । नवनियुक्त उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बलात्कार पछि हत्या गरिएको निर्मला पन्तलाई न्याय दिन पहल गर्ने बताएका छन् ।
पदभार ग्रहणमा उनले पन्तलाई न्याय दिने पहलसम्बन्धी विषयमा पहिलो फाइल तयार गर्न गृहसचिव विनोद सिंहलाई निर्देशन दिए । ‘निर्मला पन्तलाई न्याय दिन पहल गर्नमा तदारुकता देखाउने विषयमा निर्णयका लागि फाइल तयार गर्नुहोला’ लामिछानेले भने, ‘त्यसमा अहिलेसम्म के भएको छ त्यो पनि जानकारी गराउनु होला ।’
उपप्रधान तथा गृहमन्त्री लामिछानेले सोमबारै शपथग्रहणपछि सिंहदरबार पुगेर पदभार ग्रहण गरेका हुन् ।