सुनाखरी न्युज/ काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गरेको जनता समाजवादी पार्टी (जसपा) तत्काल सरकारमा सहभमागी नहुने भएको छ ।
जसापाले आगामी राजनीतिक समितिको बैठकपछि मात्र सरकारमा जाने या नजाने भन्ने विषयमा टुंगो लगाउने भएको हो । उक्त बैठक पुस १८ र १९ गते बस्ने जनाइएको छ । सोही राजनीतिक समितिको बैठकले सरकारमा सहभागी हुने या नहुने भन्ने विषयको टुंगो लगाउने जनाइएको छ ।
अहिले जसपाले पार्टीको संसदीय दलको नेता चयन गर्न सकेको छैन । राष्ट्रपतिले प्रधानमन्त्री दावी गर्न दिएको अन्तिम समयमा आईतबार जसपासहितको ७ दलको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बनेका छन् ।