२०८१ मंसिर ११ , मंगलबार

चीन आउने विदेशी पर्यटकलाई क्वारेन्टिनमा बस्न नपर्ने घोषणा

Corona

सुनाखरी न्युज/ काठमाडौं । चीनले जनवरी ८ देखि चीन आउने विदेशी पर्यटकलाई क्वारेन्टिनमा बस्न नपर्ने घोषणा गरेको छ । चीनले आफ्नो शून्य कोभिड नीतिलाई खुकुलो पार्दै यो कदम चालेको हो ।

 

चीन सरकारले विगत केही दिनदेखि लगातार कोरोनासँग सम्बन्धित प्रतिबन्ध खुकुलो पार्दै आएको छ । यसैबीच चीनमा कोरोनाको मामिलामा ठूलो वृद्धि देखिएको छ । स्वास्थ्य क्षेत्रका कर्मचारीले बदलिँदो परिस्थितिलाई सम्हाल्न निकै चुनौतीको सामना गरिरहेको बताएका छन् ।

 

चिनियाँ राष्ट्रपति सी जिनपिङले यस विषयमा आफ्ना अधिकारीहरूलाई जीवन बचाउनका लागि सक्दो प्रयास गर्न आग्रह गरेका छन् । ससँगै चीनको आधिकारिक मिडियाका अनुसार जिनपिङले बदलिएको परिस्थितिसँग जुध्न थप प्रभावकारी उपायहरू आवश्यक रहेको बताएका छन् ।

 

चीनले पछिल्ला केही दिनमा कोभिडसँग सम्बन्धित डाटा जारी गर्न रोकेको छ।  तर चीनमा हरेक दिन हजारौं मानिसको ज्यान जाने गरेको आशंका गरिएको छ । सन् २०२० को मार्च महिनापछि चीन आउने सबै विदेशी यात्रुलाई क्वारेन्टिनमा बस्न अनिवार्य गरिएको थियो ।एजेन्सी