२०८१ आश्विन ६ , आइतवार

राजु लामाको गीत ‘गोरी न गोरी’ सार्वजनिक

सुनाखरी न्युज/ काठमाडौं । नेपाली गीत संगितको बजारमा चिर परिचित तथा पहिचान बोकेको नाम हो गायक राजु लामा । द भोइस अफ नेपालको जज भइ सकेपछि लामाको चर्चाले अझै आकाश छोएको छ । राजुले गाएका अधिकांश गीत हिट नम्बरमा पर्छन् ।

सुमधुर स्वरका धनी राजु लामाले गाएको “ गोरी न गोरी बोल “ को गीतको भिडियो हाल सार्वजनिक भएको छ । केशु गुरुङले साथ दिएको उत्त युगल गीतमा संगीत र रचना उत्तम थापा मगरको रहेको छ । मनाङ्गको सुन्दर ठाउँहरूमा छायांकन गरिएको यस भिडियोमा अनुश लामा ,पुर्णिमा थोक्कर लामाको अभिनय रहेको छ ।

 

मिलन शंकर क्यामेरा मेन रहेको उत्त भिडियोलाई फराज अर्पनले सम्पादन गरेका छन् । ड्रोन अपरेटर अबिनाश मानन्धर रहेको छन् । समिप इन्टरटेन्मेन्टले बजार व्यवस्थापन गरेको यस गीतको भिडियोमा तामाङ शैलीको गीतलाई भिन्नै रूपले प्रस्तुति दिएर दर्शक स्रोता साँझ ल्याएको निर्देशक दिलिप समनले बताए ।