२०८१ मंसिर १३ , बिहिवार

खुमलटारकाे पारिलाे घाममा प्रधानमन्त्री प्रचण्ड र केपी ओली

सुनाखरी न्युज/काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बुधबार खुमलटार पुगेका छन्।समयसामयिक राजनीतिक कुराकानीका लागि ओ‍ली प्रधानमन्त्री दाहाल निवास खुमलटार पुगेका हुन्। ओली दुई वर्षपछि पहिलाेपटक खुमलटार पुगेका हुन्।

 

खुमलटारमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई पनि बोलाइने बताइएकाे छ। पाँच दलीय सत्ता गठबन्धन टुटाएर सात दलीय गठन्धनमार्फत् तेस्राे पटक मुलुककाे प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले आज बिहान मात्रै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवसँग भेटवार्ता गरेका थिए।

कांग्रेससँगकाे गठबन्धन टुटाएर ओली र प्रचण्ड एकठाउँमा उभिएपछि फेरि वाम एकताको चर्चा चलिरहेको छ।