२०८१ मंसिर १ , शनिवार

ज्योतिषीले जुराएको साइतमा प्रधानमन्त्री प्रचण्ड बालुवाटार सर्दै

सुनाखरी न्युज/काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सर्ने भएका छन् ।

 

बेलुका ५ बजे उनी बालुवाटरमा सर्न लागेको स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार ज्योतिषीले जुराएको साइतमा प्रचण्ड बालुवाटार प्रवेश गर्न लागेका हुन् ।

 

ज्योतिष टिकाराम घिमिरेले प्रचण्डलाई बालुवाटरमा सर्नका लागि आज बेलुका ५ बजेको साइत निकालेको बताइएको छ । उनी अहिले खुमलटारस्थित निजी निवासमै छन् ।