२०८१ मंसिर १३ , बिहिवार

उपप्रधान तथा गृहमन्त्री रावि लामिछानेले गरे राहदानी विभागको अनुगमन

सुनाखरी न्युज/काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रावि लामिछानेले राहदानी विभागको अनुगमन गरेका छन्।

राहदानी बनाउने सेवाग्राहीले लामो लाइनका साथै अन्य विभिन्न कुरामा सास्ती खेप्नुपरेको गुनासोका बीच गृहमन्त्री लामिछानेले बुधबार विभागको अनुगमन गरेका हुन्। मन्त्री लामिछाने बुधबार अनुगमनमाका लागि विभागको कार्यलय त्रिपुरेश्वर पुगेको उनको सचिवालयले जनाएको छ।

 

‘राहदानी विभागमा उपप्रधान तथा गृह मन्त्री रवि लामिछानेको अनुगमन,’ सचिवालयले फेसबुकमा उल्लेख गरेको छ।