सुनाखरी न्युज/काठमाडौं । ज्योति विकास बैंकले मधेश प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका ६ वटा स्वास्थ्य केन्द्रहरुलाई राष्ट्रिय आविष्कार केन्द्रद्वारा स्वदेशमै निर्मित बेबी वार्मर प्रदान गरेको छ ।
बैंकले फेटा स्वास्थ्य चौकी, खैरहनी नगर अस्पताल, बघौडा अस्पताल, हर्नैया स्वास्थ्य चौकी, सिसहनिया स्वास्थ्य चौकी दाङ र दोधारा प्राथमिक स्वास्थ्य केन्द्र कञ्चनपुरलाई नवजात शिशुको शारिरिक तापक्रम उचित राख्न प्रयोग हुने बेबी वार्मर प्रदान गरेको हो । अस्पतालहरुमा आयोजित कार्यक्रममा ज्योति विकास बैंकका विभिन्न पदाधिकारीहरु बाट उक्त अस्पतालहरुका पदाधिकारीहरु लगायत सम्बन्धित क्षेत्रका विभिन्न पदाधिकारीहरुको उपस्थितिका बिच सो बेबी वार्मर औपचारिक रुपमा हस्तान्तरण गरिएको हो ।
साथै सोहि कार्यक्रमका बीच अस्पतालका डाक्टर, नर्स लगायत विभिन्न सम्बन्धित कर्मचारीहरुलाई बेबी वार्मर संचालन सम्बन्धि विशेष तालिम पनि प्रदान गराईएको थियो। बैंकले हाम्रो विकास प्रवर्द्धन कोष मार्फत् “न्यानो नानी” परियोजना ३ अन्तर्गत हालसालै प्रदेश नं १ का ३ अस्पतालहरु बाक्सिला स्वास्थ्य चौकी (खोटाङ, ओखलढुंगा सामुदायिक अस्पताल र जिल्ला अस्पताल इलामलाई एक/एक थान बेबी वार्मर प्रदान गरि ३ वटा बेबी वार्मर प्रदान गरिसकेको छ ।
ज्योति विकास बैंकले डा. महाविर पुनद्वारा प्रवर्द्धित राष्ट्रिय आविष्कार केन्द्रसंगको सहकार्यमा हालसम्म देशका ३२ विभिन्न अस्पतालहरुलाई बेबी वार्मर प्रदान गरिसकेको छ ।