२०८१ मंसिर १ , शनिवार

नेप्से २ हजार बिन्दुमाथि, कारोबार रकममा पनि सुधार

सुनाखरी न्युज/ काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको अन्तिम दिन आज बिहिबार उच्च अंकले बढेको छ । बुधबार दोहोरो अंकले घटेको शेयर बजार आज उच्च अंकले बढेको हो ।

 

आज नेप्से ५६.८८ अंकले बढेर दुई हजार २९ दशमलब ३ विन्दुमा बन्द भएको हो । त्यस्तै, आज कारोबार रकम पनि बढेको छ । आज दुई अर्ब ८६ करोड ३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये २०८ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने ६ वटा कम्पनीको शेयरमूल्य घटेको छ । नेप्सेका अनुसार आज तीन कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । साथै आज सात वटा कम्पनीको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ ।

 

आज नेपाल बैंक डिभेञ्चर र एनएमबी फिफ्टीको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ३ प्रतिशत भन्दा बढीले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी हिमालयन डिष्ट्रिलरी लिमिटेडको भएको छ । यसको आज १२ करोड १४ लाखभन्दा बढीको कारोबार भएको छ ।