२०८१ आश्विन ६ , आइतवार

‘डिसेम्बर फल्स’ आजबाट देशभर प्रर्दशनमा

सुनाखरी न्युज/ काठमाडौं । चलचित्र ‘डिसेम्बर फल्स’ शुक्रबारबाट देशभर प्रदर्शनमा आएको छ ।‘डिसेम्बर फल्स’ अन्य कुनै नेपाली फिल्म भिड्न नआएको कारण यसले एकल प्रदर्शन अवसर पाएको छ ।

अभिनेता आर्यन सिग्देल र अभिनेत्री उपासना सिंह ठकुरीको मुख्य भूमिका रहेको चलचित्रले सिंगल थियटरको अलवा मल्टिप्लेक्समा पनि राम्रो शो पाएको छ । देशकै सबैभन्दा ठुलो चेन भएको क्यूएफएक्सले यो चलचित्रलाई देशभर २९ शोज दिएको छ । प्रवीण झाको निर्देशन र महेश आर गुप्ताको छायांकन रहेको चलचित्रलाई रामप्रसाद रिजालले निर्माण गरेका हुन् ।

 

चलचित्रमा आर्यन र उपासनाको अलवा सुमन थापा, नरेश भट्टराई, सलोन बस्नेत, शिवहरि पौडेल, नागेन्द्र रिजाल, शिशिर राणा लगायतको अभिनय छ । रिजाल एन्ड रिजाल प्रोडक्सनको ब्यानरमा निर्माण भएको ‘डिसेम्बर फल्स’ को कार्यकारी निर्माता लक्ष्मण रिजाल र असिम काफ्ले हुन् भने निर्मातामा रामप्रसाद रिजालसँगै राजकुमार भट्ट छन् ।