सुनाखरी न्युज/ काठमाडौं । सुनसरीको घरान उपमहानगरपालिका १६ मा बिगत दश बर्षदेखि संञ्चालन हुदै आएको नबोदय प्लस टुु यु एन कलेज ले राष्ट्रिय आबिश्कार केन्द्रलाई आर्थिक सहयोग गरेको छ ।
यु एन कलेज बिज्ञान संकायका ११ र १२ कक्षामा अध्यनरत ५० जना बिधार्थीको नेतृत्व गरी शुक्रबार कलेजको तर्फबाट कलेजका प्राध्यमपक तथा युएन नबोदय हेल्पीङ्ग हेन्डका संयोजक राम बहादुर लिम्बुले आबिश्कार केन्द्रमै पुगरे केन्द्रका अध्यक्ष डा.महाबिर पुनलाई आर्थिक सहयोग रकम हस्तान्तरण गरको हुन । युएन कलेजका कलेज प्राध्यमपक तथा युएन नबोदय हेल्पीङ्ग हेन्डका संयोजक राम बहादुर लिम्बु बिज्ञान संकायका कोअडिनेटर आकास अधिकारी लगायत ५० बिधाथीहरुलाई आबिश्कार केन्द्रका प्रबिन बोहरा र सौरबसिह चौधरीले केन्द्रले गरिरहेको कामको बारेमा जानकारी दिनुका साथै केन्द्रको अवलोकन भ्रमण समेत गराएका थिए ।
कलेलका बिधार्थी दिपेन भण्डारी, सेबिका राई, सुसान जिसी अंसु लिम्बु लगायतले आबिश्कार केन्द्रको बारेमा बिभिन्न प्रश्नहरु गरेका थिए । सो प्रश्नको जवाफ दिदै कन्द्रका अध्यक्ष महावीर पुनले आविष्कार केन्द्रलाई सघाउन नागरिक स्तरबाट स्वतःस्फूर्त रुपमा आर्थिक सहयोग जुटेको बताउँदै वैज्ञानिक खोज अनुसन्धान गर्न र नेपाली जनशक्तिलाई विदेश पलायन हुनबाट रोक्न राष्ट्रिय आविष्कार केन्द्र स्थापना गरेको बताए । बिधार्थीसँगको अन्तरक्रियामा केन्द्रका अध्यक्ष डा.महावीर पुनले विभिन्न वस्तुको आविष्कार गरेर उत्पादन बढाउनुपर्ने र त्यसबाट नै आर्थिक समृद्धि हासिल गर्न सकिनेमा जोड दिदै नेपालमा आविष्कारलाई प्रोत्साहन गर्न र नयाँ आविष्कारका लागि नविन सोच र योजना भएकाहरुलाई काम गर्ने ठाउँका साथै पुँजी, प्रविधि र प्रोत्साहन दिने काम आबिश्कार केन्द्रले गर्ने बताए ।
पुनले भने सैसँग नविन सोच छ र त्यसलाई उपयोग गरेर नयाँ वस्तुको आविष्कार गर्न सकिन्छ भने उहाँलाई आवश्यक सहयोग राष्ट्रिय आविष्कार केन्द्रले उपलब्ध गराउने बताए ।आविष्कारले आर्थिक विकास गराउने र त्यसैले रोजगारी सिर्जना पनि गर्ने भएकाले आविष्कार कुनै पनि देश समृद्धिको महत्वपूर्ण आधार भएको उनले बताए । कुनै पनि चिजको प्रोटोटाइप बनाउन सहयोग गर्छौं । प्रोटोटाइपले राम्रोसँग काम ग¥यो भने त्यसलाई बजारमा लैजान सकिने गरी कमर्सियल प्रोडक्ट बनाउन पनि आविस्कार केन्द्रले नै सहयोग गरिरहेको बिर्थीहरुलाई बताए । बिधार्थीहरुले साधेको प्रश्नको जबाफ दिदै पुनले भने इनोभेसन गर्नेहरु देशका लागि बहुमुल्य पुँजी भएकाले उनीहरुलाई प्रोत्साहन गर्नुपर्ने बताए । राष्ट्रिय आविष्कार केन्द्रले अहिलेसम्म गरेका सबै काम जनताले स्वेच्छिक रूपमा गरेको आर्थिक सहयोगबाट नै सम्पन्न भएका बताए ।
त्रिभुवन विश्वविद्यालय परिसर भित्र राष्ट्रिय आविष्कार केन्द्र नेपाल कार्यालय रहेको छ । पछिल्लो समयमा यसको चर्चा देश विदेशमा समेत पुगेको छ । विगत दुई वर्षदेखि सञ्चालनमा आएको राष्ट्रिय आविष्कार केन्द्रले आफ्नो नियमित आविष्कारका कार्यहरू गरिरहेको बताए । विद्यालयहरू खोलेर विद्यालयहरूमा जति सक्दो बालबालिकाहरूलाई ल्याएर उनीहरू साक्षर बनाउने अध्ययन गराउने अभियान थियो । साक्षर बनाउनुको साथ–साथै उनीहरूलाई आफ्नो खुट्टामा आफै उभिने बनाउनको लागि, उद्यमी बनाउनको लागि शिक्षा दिएपछि त्यस किसिमको वातावरण निर्माण गर्ने कार्यमा पटक्कै प्रयास गरिएन । जागिर खानेहरूले पढेर प्रमाणपत्र लिएर जागिर खाओस् तर कसैले उद्यमी बन्छु भनेर उद्यमी बन्नको लागि प्रमाणपत्रले काम गर्दैन । उद्यमी बन्नको लागि उनीहरूलाई उचित वातावरण दिनुपर्छ । अनुसन्धान आविष्कार गर्ने किसिमको वातावरण बनाई दिनुपर्छ ।
उनले विद्यार्थीहरूलाई भने जागिर खाने भन्ने कुरा अन्तिम अवस्थामा केही सीप लागेन भने मात्र खाने भन्ने हो । उद्यमी हुने किसिमको काम गर्छु । चाहे समाजको फाइदाको लागि होस् चाहे व्यक्तिगत फाइदाको लागि होस् त्यस्तो किसिमको लक्ष्य मनमा राख्नुप¥यो । त्यही अनुसार काम अघि बढ्नु प¥यो । बिज्ञान संकायका संयोजक आकाश अधिकारीले यो शैक्षिक फिल्ड भ्रमणले अत्यन्त फलदायि रहेको बताउँदै अगामि दिनमा यस्ता शैक्षिक भ्रमणहरुले बिधार्थीहरुको अध्यापनमा सहयोग पुग्ने बताए । कलेजको तर्फबाट कलेजका प्राध्यमपक तथा युएन नबोदय हेल्पीङ्ग हेन्डका संयोजक राम बहादुर लिम्बु भ्रमणलेले बिधार्थीमा थप उल्साहको संञ्चार भएको बताउँदै आबिश्यकार केन्द्रसँग जोडिन पाउँदा खुशी लागेको बताए ।