२०८१ आश्विन ६ , आइतवार

सिद्धार्थ मल्होत्रा र कियारा आडवाणी बिहे गर्दै

सुनाखरी न्युज / बलिउडमा सिद्धार्थ मल्होत्रा र कियारा आडवाणीको जोडीले यी दुबैले छिट्टै बिहे गर्न लागेको खबर भारतीय संचारमाध्यममा बाहिरिएको छ । सिद्धार्थ र कियाराले फेब्रुअरी ६ मा विवाह गर्न लागेको इटाइम्सले दाबी गरेको हो । त्यसपछि सो हल्लाले निकै व्यापकता पाएको छ । बिहेका लागि फेब्रुअरी ४, ५ र ६ गते नै पक्का गरिएको सो समाचार पोर्टले जनाएको छ । फेब्रुअरी ४ र ५ मा मेहेन्दी, हल्दी र संगीत समारोह हुनेछ भने ६ गते बैवाहिक कार्यक्रम गरिने जनाइएको छ ।

 

उनीहरुको बिहे जैसलमेरको होटल सुर्यगढमा हुने लागेको समेत उल्लेख गरिएको छ। बिहे समारोहमा सुरक्षा व्यवस्था कडा गर्न सुरक्षाकर्मी र अंगरक्षकहरुलाई फेब्रुअरी ३ गते नै जैसलमेरमा पठाइनेछ ।

 

बिहेको खबर फैलिए पनि सिद्धार्थ र कियाराले यसबारेमा कुनै जानकारी दिएका छैनन्। वेब सिरिज ‘लभ स्टोरिज’ पार्टीमा सिद्धार्थ र कियाराको पहिलो भेट भएको थियो। त्यसपछि उनीहरुले बलिउड फिल्म ‘शेरशाह’ एकसाथ काम गरेका थिए।