२०८१ आश्विन ६ , आइतवार

सलमान खानलाई भेट्न ११ सय किलोमिटरको साइकल यात्रा

सुनाखरी न्युज / मुम्बई – सलमान खानको ५७ औं जन्मदिनका उपलक्ष्यमा शुभकामना दिन एक प्रशंसकले ११ सय किलोमिटर साइकल यात्रा गरेका छन्। डिसेम्बर २७ मा जन्मदिन मनाएका सलमानलाई भेट्न उनी जबलपुरबाट मुम्बइ पुगेका हुन् ।

 

समिर नामका ती युवालाई सलमानले भेटका छन् । चिसो मौसममा साइकलबाट आफूलाई भेट्न आएका प्रशंसकलाई भेट्न सलमान आफैं पुगेका थिए । सलमानले समिरसँग तस्विर खिचाउँदै प्रशंसा गरेका थिए । मिडिया रिपोर्टका अनुसार समीर आफूलाई बाल्यकालदेखि नै सलमान खानका ठूला फ्यान भएको बताउँछन् ।

 

समीर जाडो मौसममा जवलपुरबाट २२ डिसेम्बरमा साइकल चढेर २९ डिसेम्बरमा मुम्बई पुगे ।सलमान खानले हालै आफ्नो ५७ औँ जन्मदिन मनाउनुभयो । यस अवसरमा खानलाई भेट्न उहाँको घरबाहिर हजारौँ फ्यानको भीड थियो ।