२०८१ आश्विन ६ , आइतवार

भ्यालेन्टाइन डेलाई लक्षित गर्दै चलचित्र ‘मनसँग मन’ प्रदर्शन हुने

सुनाखरी न्युज/ काठमाडौं । अभिनेता पुष्प खड्का र अभिनेत्री वर्षा सिवाकोटी अभिनित चलचित्र ‘मनसँग मन’२७ माघदेखि प्रदर्शनमा आउने भएको छ ।

 

सौरभ इन्टरटेन्मेन्ट र बलाली इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएकाको चलचित्र भ्यालेन्टाइन डेलाई लक्षित गर्दै प्रदर्शन गर्न लागेको निर्देशक कैलाश राईले बताएका छन् । पुष्प र वर्षा बाहेक चलचित्रमा रवीन्द्र झा, बुद्धि तामाङ, महेन्द्र बगदास, चाँदनी प्रधान, पल शाह र पूजा शर्माको पनि अभिनय रहेको छ ।

 

अर्जुन पोखरेल र अगोम गुरुङको संगीत, कमल राई र रामजी लामिछानेको कोरियोग्राफी, सौरभ लामाको छायांकन, अर्जुन जीसीको सम्पादन रहेको चलचित्र लभ स्टोरी जनरामा निर्माण गरिएको हो । प्रेमकथामा आधारित चलचित्र भएकोले भ्यालेन्टाइन डेलाई लक्षित गर्दै प्रर्दशन गर्ने तय गरिएको निर्माण पक्षले बताएको छ ।