२०८१ पुष २८ , आइतवार

आइएमई पे बाट आई.एम.ई लाइफ इन्सोरेन्सको बीमा प्रिमियम भुक्तानी गर्दा रू. १ हजार सम्म क्यासब्याक

सुनाखरी न्युज/ काठमाडौं । आइएमई पे र आई. एम. ई लाइफइन्सोरेन्स कम्पनी लिमिटेड वीच सम्झौता सम्पन्न भएको छ । सम्झौता अनुसार आई. एम. ई लाइफ इन्सोरेन्स कम्पनीका सेवा ग्राहीहरूले आइएमई पे वालेटबाट बीमा प्रिमियम भुक्तानीगर्दा रू. १ हजार सम्म क्यासब्याक प्राप्त गर्न सकिने गरी व्यवस्था मिलाइएको छ ।

 

सम्झौता आदानप्रदान कार्यक्रममा संक्षिप्त मन्तब्य दिँदै आइएमई पेका प्रमुखव्यापार अधिकृत प्रमोद मान सिंह बस्नेतले यो सम्झौता सँगै डिजिटल वालेटको माध्यमबाट बीमा प्रिमियम भुक्तानी गर्न ग्राहकहरु लाई प्रोत्साहन मिल्ने बताउनुभयो । सम्झौता पश्च्यात आई. एम. ई लाइफ इन्स्योरेन्सका प्रयोगकर्ताहरूले नेपालभरि जहाँबाट पनि सजिलै आइएमई पेबाट प्रिमियमभुक्तानीगर्न सक्नेछन् । प्रयोगकर्ताले भुक्तानी गरेपछि रू. १००० को बोनस तुरुन्तै प्राप्तगर्न सक्नुकाप्रयोगकर्ताले तोकिएको मिति भन्दा अघि वातोकिएको मितिपछि जुनसुकै दिनमा प्रिमियम तिर्दा बोनस प्राप्तगर्न सकिने गरी व्यवस्था मिलाइएको छ ।

आइएमई पेको बारेमाः
नेपालको पहिलो भुक्तानी सेवाप्रदायकआइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्धित आइएमई पे मोबाईल वालेट एप एक विद्युतीयभुक्तानी सेवाप्रदायकहो। “आइएमई पे”आइएमई ग्रुपको डिजिटल वित्तिय सेवाप्रदायकअन्तर्गतको एक उत्पादनहो। नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट्ट विनियमावली– २०७२ बमोजिमआइएमई डिजिटलले दुरसञ्चार सञ्जालको माध्यमबाट मोबाईल वालेट सेवाप्रदान गर्ने पहिलो कम्पनी हो। आइएमई पे मोबाईल वालेट मार्फत सेवाग्राही आफैले अथवा एजेन्टहरुको मार्फत विभिन्नकिसिमको भुक्तानी कार्यहरु गर्न सक्नेछन।

यसले व्यक्ति–व्यक्तिबीचमाहुने सामान्य रकम ट्रान्स्फर गर्ने सुबिधा देखि लिएर विभिन्नअनलाइनतथा स्थलगत स्टोरहरुमा क्यूआर स्कान गरी भुक्तान गर्ने, मोबाईल रिचार्ज गर्ने, र विभिन्न घरायसि तथाकार्यालयकाबिलहरु भुक्तानगर्न मिल्ने सेवाप्रदान गर्दै आइरहेको छ। यस मोबाईल वालेटमा ब्याजतथाविभिन्नक्यासब्याकहरुको पनि सुबिधाउपलब्ध छ। आइएमई डिजिटल सोलुसन लिमिटेडले बैंकको सुबिधा बाट वञ्चित नेपालीतथान्यून बैंकिङ सुबिधाप्राप्त सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तिय सेवाहरुको पहुँचउपलब्ध गराएर नेपालको वित्तिय समावेशीकरणमा योग्दान पुर्याउने लक्ष्य लिएको छ। २० लाखभन्दा बढि ग्राहकहरुलाई सिधै मोबाईल वालेट एप तथा एजेन्टहरु मार्फत आइएमई पेले विद्युतीय भुक्तानी सेवा प्रदान गर्न सफल छ।