२०८१ आश्विन ६ , आइतवार

‘मुन्द्रेको कमेडी क्लब’को नयाँ संस्करणमा करिश्मा र दीपाश्री नदोहोरिने

सुनाखरी न्युज / काठमाडौं – ‘मुन्द्रेको कमेडी क्लब’को नयाँ संस्करणमा दमन रुपाखेतीसहितका कलाकारले यो संस्करण प्रवेश गर्दैछन भने अध्यक्षको रुपमा नयाँ अनुहारलाई देख्न पाइने भएको छ । एउटा कुरा स्पष्ट के छ भने यसपटक करिश्मा मानन्धर र दीपाश्री निरौला अध्यक्षमा दोहोरिनेछैनन । निकट स्रोतका अनुसार दमनसहित श्याम राना, दिनेश काफ्ले, राजेन्द्र नेपाली ‘लट्टे’, प्रभात लामा र एलिना बास्कोटा ‘सान्नानी’ यो कार्यक्रममा देखिनेछन ।

 

अघिल्लो संस्करणको चर्चित पात्र फुलन्देको आमाको ठाउँमा यसपटक जितुको सानीआमा पात्रलाई इन्ट्री गराइँदैछ जसलाई श्याम रानाले निर्वाह गर्नेछन । ‘छक्कापञ्जा’ फेम्ड सुमन गिरी भाञ्जा कार्यक्रम संयोजकको रुपमा हुनेछन ।

 

कलाकारको सूची सार्वजनिक भएसँगै अध्यक्षको लागि एक(दुई दिनमै चर्चित अभिनेत्रीसँग सम्झौता हुने जनाइएको छ । ‘अध्यक्षको टुंगो केही दिनमा हुनेछ । यसपटक दीपाश्री र करिश्मा दोहोरिनेछैनन । अर्की एक चर्चित अभिनेत्रीलाई ल्याउने तयारी छ,’ स्रोतले भन्यो । मुन्द्रेको कमेडी क्लबको निर्देशकमा दिनेश डीसी हुनेछन ।