२०८१ आश्विन ६ , आइतवार

टिकटकमा युट्युबमा जस्तै पूरा स्क्रिनमा भिडियो हेर्न मिल्ने

सुनाखरी न्युज/ काठमाडौं । माइक्रो भ्लगिङ साइट टिकटकमा अब युट्युबमा जस्तै पूरा स्क्रिनमा भिडियो हेर्न मिल्ने भएको छ।

 

अहिले बर्गाकार र आयताकार भिडियोमा पूरा स्क्रिनमा हेर्नका लागि स्क्रिनको केही तल ‘फुल स्क्रिन’ भन्ने विकल्प देख्न सकिन्छ। एकपटक त्यसमा ट्याप गरेपछि भिडियो पूरा स्क्रिनमा देखिनेछ। १० मिनेटसम्मका भिडियोहरू अपलोड गर्न मिल्ने बनाएको टिकटकले फुल स्क्रिन मुडसमेत एक्टिभेट गरेर युट्युबका प्रयोगकर्ताहरूलाई आकर्षित गरिरहेको छ।

 

तत्कालका लागि फुल स्क्रिन मोडमा स्विच गर्न बटनमा क्लिक गर्नुपर्छ तर भविष्यमा प्रयोगकर्ताहरूले त्यसका लागि आफ्नो फोनलाई घुमाए पुग्ने फिचरसमेत उसले ल्याउन लागेको दाबी गरिएको छ।कम्पनीले यसको परीक्षणमा गतवर्ष डिसेम्बर पहिलो साताबाट सु गरेको थियो। परीक्षणमा सफल भएपछि कम्पनीले अहिले यसलाई प्रयोगमा ल्याएको हो।