२०८१ मंसिर ११ , मंगलबार

न्यून गुणस्तर भएको तीनवटा औषधि बिक्री तथा प्रयोगमा रोक

सुनाखरी न्युज/ काठमाडौं । औषधि व्यवस्था विभागले न्यून गुणस्तर भएको तीनवटा औषधि बिक्री तथा प्रयोगमा रोक लगाएको छ ।

 

विभागले रुपन्देहीस्थित एसियन फार्मास्युटिकल्सको ब्याच नम्बर इओटी ८०३० को इसोटप ४० (इसोमप्राजोल ट्याब्लेट आइपी ४० एमजी ) र ब्याच नम्बर एलआरटी ८०५४ को लोरी १(लोराजिपाम ट्यबलेट युएसपी १ एमजी) लाई बिक्रि वितरणमा रोक लगाएको हो । त्यस्तै, बाँकेस्थित पानस फार्मास्युटिकल्सको ब्याच नम्बर टीइओ ०३७ को इस्प्रो ४०( इसोमप्राजोल आइपी ४० एमजीलाई बिक्रि वितरणमा रोक लगाएको हो ।

 

यीमध्ये इसोमप्राजोल पेटमा हुने ग्यासजन्य समास्यामा प्रयोग हुने औषधि हुन् भने लोराजिपाम नसासम्बन्धि रोगमा प्रयोग हुने औषधि हो । विभागले रोक लगाएका औषधि सिफारिस र प्रयोग समेत नगर्न सबैमा सूचित गरेको छ ।