२०८१ मंसिर ११ , मंगलबार

कान्ति बाल अस्पतालले ६१औँ वार्षिकोत्सव मनायो

सुनाखरी न्युज/ काठमाडौं । कान्ति बाल अस्पतालले ६१औँ वार्षिकोत्सव मनाएको छ । अस्पतालले आज (शुक्रवार) एक कार्यक्रमबीच वार्षिकोत्सव मनाएको हो । कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले कान्ति बाल अस्पतालमा स्वास्थ्यकर्मीहरूको दरबन्दी नपुगेको भन्ने गुनासो आएको भन्दै त्यसलाई सरकारले समाधान गर्ने बताए ।

 

उनले अस्पतालका लागि स्वास्थ्य मन्त्रालयबाट ५ सय बेडको स्वीकृतिको लागि अर्थ र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाइसकेको भन्दै स्वास्थ्यकर्मीको दरबन्दी र ५ सय बेडको स्वीकृतिको लागि मन्त्रालयले तदारुकताका साथ काम अघि बढाउने बताए । उनले मन्त्रालयले अस्पतालमा स्वास्थ्यकर्मीको दरबन्दी र नर्सिङ र म्यानपावर पूरा गर्ने प्रतिबद्धता जनाए ।‘स्वास्थ्य मन्त्रालयको दरबन्दी पुगेन रे भन्ने आउँछ, हामीले कान्तिबाल अस्पतालको काम गरिसकेका छौँ ।

 

स्वास्थ्यबाट ५ सय बेडको स्वीकृतिको लागि अर्थ र सामान्यमा पठाइसकेका छौँ । हामी यसमा लागिरहन्छाँै । सकेसम्म छिट्टै दरबन्दी पूरा गराएर नर्सिङ र म्यानपावर जहिले पनि खड्किन्छ । त्यो पूरा गर्ने वाचा गर्दछु । एक हजार बेडको अस्पताल बनाउने यहाँका  र्देशकज्युहरूले धेरै पहिलादेखि लिनुभएको चाहना पूरा गर्न हामी काम अघि बढाउँछौँ’, उनले भने । सचिव पोखरेलले अस्पतालले सरकारले दिएको पैसाको सही सदुपयोग गरेको भन्दै आगामी दिनमा पनि अस्पतालले राम्रा काम गरेर देखाउने विश्वास व्यक्त गरे ।