२०८१ मंसिर ३ , सोमवार

पोखराको बाटुलेचौरमा भैरव नाच प्रस्तुत

शिशिर पौडेल/ पोखरा । पोखराको बाटुलेचौरमा एेतिहासिक बाह्र भैरव नाच प्रस्तुत गरिएको छ। स्थानीय हिमालय क्लबको आयोजनामा ३८ बर्ष पछि बाटुलेचौरको खेल मैदानमा नाच प्रस्तुत गरिएको क्लबका सचिव शिवराज देवकोटा ले जानकारी दिनुभयो ।

 

विसं २०४१ सालमा यस्तै प्रकृतिको ऐतिहासिक महत्व झल्काउने सास्कृतिक नाच प्रस्तुत गरिएको थियो । नाच हेर्न त्यस क्षेत्र सहित विभिन्न ठाउँबाट व्यक्ति हरु सहभागी भएका थिए । ३८ वर्ष पछि बाटुलेचौरमा नाच हेर्न पाएकोमा खुशी लागेको छिमेकी गाउँ घार्मीबाट नाच हेर्न आएकी ७१ वर्षिया सरस्वती पौडेलले बताउनुभयो। उहाँ जस्तै थुप्रै वृद्ध वृद्धा चिसोको समेत प्रवाह नगरी मध्यरातसम्म त्यहाँ बसेका थिए।

साँझ ६ बजेबाट शुरु भएको नाच झण्डै पाँच घण्टासम्म चलेको थियो। सो अवसरमा क्लबका मानार्थ सदस्य वेनी बहादुर बस्नेतले भैरव सास्कृतिक सरंक्षण समितिका अध्यक्ष तीर्थमान प्रधानाङ्गलाई सम्मान गर्नुभयो। त्यस्तै नाचमा सहभागी कलाकारलाई समेत सम्मान गरिएको क्लबले जनाएको छ। सहभागीहरूले कार्यक्रम सफलताको कामना गर्दै आर्थिक सहयोग प्रदान गरेका थिए।