२०८१ मंसिर ११ , मंगलबार

चीनमा सडक दुर्घटना हुँदा १७ जनाको मृत्यु, २२ घाइते

सुनाखरी न्युज/ काठमाडौं । चीनको दक्षिणी भागमा रहेको नानचाङ शहरमा आइतवार सडक दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ भने अन्य २२ जना घाइते भएका छन् । चिनियाँ नयाँ वर्षमा दिइने बिदाका कारण सवारी आवागमन बढेसँगै घटना भएको अधिकारीहरूले बताएका छन् ।

 

कतवटा गाडी ठोकिएको भनी तत्कालै स्पष्ट नभए पनि दुर्घटनाको कारणका विषयमा अनुसन्धान चलिरहेको त्यहाँको ट्राफिक प्रहरीले जनाएको छ । जिमु न्युज नामक स्थानीय वेबसाइटले एकजना स्थानीय बासिन्दालाई उद्धृत गर्दै दिएको खबरअनुसार, ताओलिङ गाउँमा मलामी गएका व्यक्तिहरूले सडकछेउमा टेन्ट बनाएर बसेका थिए ।

 

ग्रामीण चीनमा त्यस्तो किसिमको चलन छ । उनीहरू गाउँको शवदाहगृहमा जान लाग्दा बिहानीपख कुहिरो लागेको बेलामा सडकमा गुडिरहेका ट्रकले उनीहरूलाई कुल्चेको बताइएको छ । तङ थर भएकी महिलाले आफ्ना छिमेकीहरू दुर्घटनाको शिकार बनेको बताइन् । एजेन्सी