सुनाखरी न्युज/ बिराटनगर । मोरङ र सुनसरी जिल्लाका बिभिन्न स्थानहरुबाट नियन्त्रित लागुऔषध ब्राउनसुगर र ट्याब्लेट सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा शहिदभुमि गाउँपालिका-२ का ३६ बर्षीय टेक बहादुर राई र कागेश्वरी मनहरा नगरपालिका-२ काठमाण्डौका ४० बर्षीय प्रकाश चन्द्र राई , लेटाङ नगरपालिका-२ का २४ बर्षीय हेमन लिम्बु, लेटाङ नगरपालिका-३ का २५ बर्षीय सुजन लिम्बु, ईटहरी उप-महानगरपालिका-१० का १९ बर्षीय संदिप चौधरी र बर्जु गाउँपालिका- ४ का २४ बर्षीय रोहित पौदार रहेका छन् । लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले टेक बहादुर राई र प्रकाश चन्द्र राईलाई बिराटनगर-१५ बाट ८० मिलिग्राम लागुऔषध ब्राउनसुगर तथा हेमन लिम्बु र सुजन लिम्बुलाई बिराटनगर-१६ बाट लुपिजेशिक-४ एम्पुल, एभिल-४ एम्पुल, डाईजेपाम- ४ एम्पुल, फेनरगन- ४ एम्पुल,NITRAZEPAM-१० चक्की सहित सहित सोमबार दिउँसो पक्राउ गरेको हो भने ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले चौधरीलाई स्पास्मोप्रोक्सिवन र निट्राजेपाम २०/२० चक्की सहित पक्राउ गरेको थियो ।
यसैगरी जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले रोहित पोदारलाई लागुऔषध डाईजेपाम, निट्राजेपाम लुपिजेसिक सहित पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ