२०८१ आश्विन ६ , आइतवार

टिकटकबाट एक लाख डलर पाएपछि वृद्धले कामबाट अवकाश लिने

सुनाखरी न्युज/ काठमाडौं । अमेरिकाको वालमार्टमा क्यासियरको काम गर्ने ८२ वर्षीय वृद्धले अवकाश लिने भएका छन् ।

 

मेरिल्यान्ड निवासी वारेन मारिसनले सहयोग स्वरुप १ लाख ८ हजार ६ सय ८२ अमेरिकी डलरको चेक प्राप्त गरेको बीबीसीले जनाएको छ । टिकटक चलाउने एक व्यवसायी रोरी म्याककार्टीले गोफन्डमी अभियान चलाएर टिकटकमार्फत उक्त रकम संकलन गरेर वारेनलाई उक्त चेक हस्तान्तरण गरेका हुन् ।

 

रोरीले डिसेम्बरमा टिकटकमा राखेको भिडियो ३० लाख पटक हेरिएको थियो । उनले सो भिडियोमा वारेनलाई सहयोग गर्न चाहेको बताएका थिए । रोरीको टिकटक अकाउन्टमा ३ लाख फलवर्स छन् ।