२०८१ मंसिर १० , सोमवार

युनाइटेड इन्स्योरेन्सको लाभांश पारित

सुनाखरी न्युज/ काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडले सेयरधनीका लागि वितरण गर्न प्रस्ताव गरेको लाभांश पारित भएको छ। कम्पनीको २९औँ वार्षिक साधारणसभाले आव ०७८/७९ को मुनाफाबाट पाँच प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि शून्य दशमलव २६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो।

 

सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष ०७८/७९ को लेखापरीक्षण प्रतिवेदनसहितको लेखापरीक्षण गरिएको ०७९ साल आषाढ मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब र नगद प्रवाह विवरण तथा सोसँग सम्बन्धित अनुसूची पारित गरेको जनाइएको छ। त्यस्तै, कम्पनीको संस्थापक सेयर तथा सर्वसाधारण सेयरको अुनपातबमोजिम सञ्चालक समितिको गठन गर्ने तथा सोहीबमोजिम कम्पनीको प्रबन्धपत्र, नियमावलीमा आवश्यक संशोधन गर्ने निर्णय सर्वसम्मत पारित भएको जनाइएको छ।

 

कम्पनीको गत आव ०७७/७८ को तुलनामा आव ०७८/७९ मा बिमा शुल्क आर्जन ४२ प्रतिशतले वृद्धि भई एक अर्ब ५६ करोड ४५ लाख ८६ हजार रुपैयाँ पुगेको जनाइएको छ। त्यसैगरी, गत आव ०७७/७८ को तुलनामा आव ०७८/७९ मा नाफा ६८ प्रतिशतले वृद्धि भई १५ करोड ८३ लाख ६८ हजार रुपैयाँ पुगेको कम्पनीले जनाएको छ।