२०८१ मंसिर १३ , बिहिवार

‘श्रममन्त्रीमाथिको आरोप पुष्टि भए कारबाही गरिन्छ’

सुनाखरी न्युज/ काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालमाथिको आरोप पुष्टि कारवाही गरिने बताउनु भएकाे छ ।

 

बिहीबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले आरोप पुष्टिभए पहिलो कारबाही आफैंबाट सुरु गर्ने बताउनु भएकाे हाे ।

श्रममन्त्री अर्याल संलग्न भएको कुनै म्यानपावर भए आफूलाई जानकारी दिनसमेत उहाँले आग्रह गर्नुभयाे । सृष्टि ओभरसिज इम्प्लोइमेन्ट सर्भिसेजका अन्तर्राष्ट्रिय बजार निर्देशकको हैसियतमा रहेका अर्याल राष्ट्रिय स्वतन्त्र पार्टीबाट श्रममन्त्री बनेपछि चौतर्फी आलोचना सुरु भएको छ ।