सुनाखरी न्युज/ बारा । विभिन्न मुद्दाका ३ सय ३२ जना फरार प्रतिवादीहरूलाई जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले सोमबार पक्राउ गरेको छ ।
अदालतबाट फैसला कार्यान्वयनको लागि प्राप्त फरार प्रतिवादीहरूलाई पक्राउ गरी कानूनी कारवाहीको दायरामा ल्याउने उदेश्यले संचालित फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत लामो समयदेखि अदालतबाट कैद तथा जरिवानाको फैसला भई कानूनी कारवाहीको दायराबाट भाग्दै लुकीछिपी बस्दै आएका फरार प्रतिवादीहरूलाई जिल्लाका विभिन्न ठाउँबाट पक्राउ गरेको हो ।
बैकिङ्ग कसूर मुद्दा, हातहतियार खरखजाना मुद्दा लगायतका मुद्दामा कैद तथा जरिवाना फैसला भई फरार रहेका पक्राउ परेका प्रतिवादीहरु मध्ये ३६ जनालाई थुनामा राख्न पर्सा कारागार कार्यालय चलान गरिएको छ भने बाँकी जरिवाना भुक्तान गरी मुक्त भएका छन् ।