सुनाखरी न्युज/ काठमाडौं । नेपाल टी-२० क्रिकेटमा स्पट फिक्सिङमा व्यवस्थापनकै संलग्नता देखिएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का अनुसार फिक्सिङमा जम्मा १० जनाको संलग्नता देखिएको छ ।
जसमा चार टिम काठमाडौं नाइट्स, बिराटनगर सुपर किंग्स, जनकपुर रोयल्स र फरवेष्ट युनाइटेडका व्यवस्थापकै संलग्नता देखिएको छ ।फिक्सिङमा एक नेपाली र एक विदेशी गरी २ जना खेलाडी संलग्न रहेको सीआईबीको दाबी छ ।
फिक्सिङमा संलग्न भएको आरोपमा क्रिकेटर आदिल आलम र पूर्व क्रिकेटर महबुब आलम पक्राउ परिसकेका छन् । दुबैलाई राष्ट्रिय खेलकुद विकास ऐन अनुसार अनुसन्धानका लागि ५ दिन म्याद थपिएको छ ।