२०८१ आश्विन ६ , आइतवार

चलचित्र आरआरआरको गीत ‘नाटू–नाटू’ ओस्कारका लागि मनोनीत

सुनाखरी न्युज / सन २०२३ को ओस्कर अवार्डको अन्तिम मनोनयनको सूची सार्वजनिक भएको छ । यसमा भारतीय चलचित्र आरआरआरको गीत ‘नाटू–नाटू’ ‘बेस्ट ओरिजिनल सङ्ग’ विधामा मनोनीत भएको छ ।

 

९५औँ संस्करणको ओस्कारका लागि २३ विधामा अन्तिम मनोनयनमा परेका चलचित्रहरूको नामावली मंगलबार सार्वजनिक भएको हो । जसमा गीत ‘नाटू–नाटू’ ‘बेस्ट ओरिजिनल सङ्ग’ विधामा मनोनीत भएको हो । गीत ‘नाटू–नाटू’ प्रसिद्ध तेलुगु गीतकार र गायक चन्द्रबोसद्वारा लेखिएको हो र राहुल सिपलीगंज र काल भैरवले गाएका हुन् । यस गीतको स्टेपलाई लोकप्रिय बनाउन कोरियोग्राफर प्रेम रक्षितको भूमिका महत्वपूर्ण रहेको छ । उनले यो गीतको कोरियोग्राफी गरेका हुन् ।आरआरले आफ्नो आधिकारिक ट्वीटर ह्यान्डलबाट पोष्ट सेयर गर्दै आफूहरुले नयाँ इतिहास रच्न सफल भएको बताएको छ ।

 

ओस्करका लागि ३०१ चलचित्रको सूची ९ जनवरीमा जारी गरिएको थियो । यसमा सबै चलचित्रका लागि १२ देखि १७ जनवरीसम्म मनोनयनका लागि मतदान भएको थियो । यस वर्ष १२ मार्च २०२३ मा ९५ औँ ओस्कर अवार्डको आयोजना हुनेछ । यसपटक साइन्स फिक्सन कमेडी ‘एभ्रिथिङ एभ्रिह्वेयर अल एट वान्स’ सबैभन्दा धेरै ११ विधामा मनोनयनमा परेको छ । उत्कृष्ट चलचित्रतर्फको विधामा यस फिल्मसँगै अल क्वाइट अन द इस्टर्न फ्रन्ट, अवतारः द वे अफ वाटर, द वान्सिज अफ इनिसेरिन, इल्भिस, द फाबेल्सम्यान्स, टार, टप गनः मावरिक, ट्रयांगल अफ स्याडनेस र वुमन टकिङ समेटिएका छन् । यस वर्ष १२ मार्च २०२३ मा ९५ औँ ओस्कार अवार्डको आयोजना हुनेछ ।