२०८१ आश्विन ७ , सोमवार

शनिबार ‘मेरो भ्वाइस यूनिभर्स र मेरो डान्स यूनिभर्स’को फिल्ड अडिसन नेपालगन्जमा

सुनाखरी न्युज/ काठमाडौं । इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको आयोजनामापहिलो अन्तर्राष्ट्रियनेपाली रियालिटी शो ‘मेरो भ्वाइस यूनिभर्स र मेरो डान्स यूनिभर्स’को फिल्ड अडिसन हुने भएको छ ।

 

यी दुवै कार्यक्रमहरुको फिल्ड अडिसन नेपालको विभिन्नशहर सँगै इन्डियाको सिलिगुरीमाहुने भएको छ । जसअनुसार नेपालगन्जमा फागुन ६ गते, बुटवलमा फागुन १० गते, सिलिगुरीमाफागुन १४ र १५ गते, दमकमाफागुन २० र २१ गते र काठमान्डौंमा फागुन २७ र २८ गते हुनेछ । अडिसनदिनआउँदाप्रतियोगीहरुले आफ्नो उमेर खुलाएको आधिकारिक कागजलिएर आउनु पर्ने हुन्छ । फिल्ड अडिसनबाट चुनिएकाप्रतियोगीहरुले काठमान्डौंमाआएर स्टुडियो अडिसनमा सहभागीहुनेछन् । साथसाथै देश विदेशबाटसहभागीहुनचाहनेले माई इन्ट्रा एप डाउनलोड गरेर रजिष्टर गर्न सक्नुहुन्छ । डिजिटल अडिसनमा सहभागीभएकाप्रतियोगीहरुले पनिअनिवार्य रुपमा फिल्ड अडिसनमा सहभागीजनाउन पर्नेछ । त्यस बाहेक‘मेरो डान्स यूनिभर्स’को संस्कृतिक समुहविधामा सहभागीहुनचहानेले पनिएपमार्फत अडिसन दिन सक्नुहुनेछ । संस्कृतिक समुहमार्फत सहभागीहुनेले भने फिल्ड अडिसनमा उपस्थितहुन पर्नेछैन । डिजिटल अडिसनको अन्तिममिती फेब्रुअरी २८ तोकिएको छ भने अडिसन दिने सहभागीकम्तीमा १८ बर्षको हुनपर्नेछ ।

 

फाउन्डेसनकाअध्यक्ष डिल्ली अधिकारी भन्छन्, “हामीहाम्रोसंस्कृतिजोगाउन एकजुट भएर लाग्नुपर्छ । हाम्रो पहिचान नै हाम्रो भाषा, संस्कृति, र दुखमा परेकाहरूलाई मद्दत गर्नुमा छ । फाउन्डेसनको मुख्य उद्देश्य पनि नेपालीमनोरञ्जन क्षेत्रमा सांगीतिकक्रान्तिल्याउनु हो।” ‘मेरो भ्वाइस यूनिभर्स’को निर्णायक मण्डलमा सुरेश अधिकारी, शिव परियार, अन्जु पन्त, सुजातावर्मा, पुष्पनप्रधान जस्ता वरिष्ठ गायकहरू समावेश छन्। साथै ‘मेरो डान्स यूनिभर्स’को निर्णायक मण्डलमा भने मिथिलाशर्मा, दिलीप रायमाझी, शंकर बि.सी, केकीअधिकारी, प्रियंकाकार्की, र नरमन राई हुने जनाइएको छ । यीशोहरु एलिनश्रेष्ठले निर्देशनगर्नेछन्। उनले यस अघि पनि धेरै राष्ट्रिय तथाअन्तर्राष्ट्रिय रियालिटी शोहरुको निर्देशनगरिसकेका छन जस्तै नेपाल आइडल, बूगी—वूगी, नेपाललोक स्टार, सारेगमपालिल्च्याम्पस्।

 

यीदुई शोहरु नेपालकै सर्वाधिक धेरैधनराशीभएको रियालीटी शोहरु हुन्। फाउन्डेसनकाअनुसार ‘मेरो भ्वाइस यूनिभर्स’काविजेताले नेपाली एक करोड रुपैयाँपुरस्कार पाउनेछन्। साथै फस्ट रनरअपले ३० लाखरुपैयाँर सेकेन्ड रनरअपले २० लाख रुपैयाँ पुरस्कार पाउनेछन्। यस्तै, ‘मेरो डान्स यूनिभर्स’को विजेताले पनि एक करोड रुपैयाँपुरस्कार पाउनेछन् भने फस्ट रनरअपले ३० लाखरुपैयाँर सेकेन्ड रनरअपले २० लाखरुपैयाँपुरस्कार पाउनेछन्। डान्स यूनिभर्स’को सँस्कृतिक समुहविधाकोविजेताले २० लाख रुपैयाँ पुरस्कार पाउनेछन्। साथै फस्ट रनरअपले १० लाखरुपैयाँर सेकेन्ड रनरअपले ५ लाखरुपैयाँपुरस्कार पाउनेछन्। फाउन्डेसनले नेपालबाहेक, म्यानमार, थाइल्याण्ड, भुटान, भारत, अष्ट्रेलिया, अमेरिका, क्यानडा लगायत युरेपेली देशहरुबाट पनि नेपालीभाषीहरुको बृहत्सहभागिताको अपेक्षा राखेको छ ।

संस्थाको बारेमा
इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिका, संयुक्त राज्य अमेरिका र नेपालमादर्ता भएको एक संस्थाहो जस्ले नेपाली संस्कृतिलाई विश्वभर प्रवर्द्धनगर्ने काम गर्छ । फाउन्डेसनले नेपाली संस्कृतिलाई विश्वव्यापी रूपमा प्रवद्र्धन गर्न धेरै परियोजनाहरुमाकामगरिरहेको छ । ‘मेरो डान्स युनिभर्स’ र ‘मेरो भ्वाइस युनिभर्स’ फाउन्डेसनकाले सञ्चालनगर्न लागेको नयाँकार्यक्रमहरू हुन्जुन नेपालको चाँडै प्रसारण हुने प्रक्रियामा छ । यसका साथै फाउन्डेसनले आफ्ना परियोजनाहरू मार्फत ज्येष्ठ नागरिक, बालबालिका, अपाङ्गताभएकातथा सीमान्तकृत समुदायकाव्यक्तिहरूलाई पनि सहयोग गर्ने लक्ष्य राखेको कामगरिरहेको छ ।

 

हाल, फाउन्डेसनले विभिन्न स्थानमा रहेका कार्यालयहरू मार्फत नेपालीभाषी समुदायहरूमा खेलकुद, स्वास्थ्य, शिक्षा र राहतवितरणलाई जस्ता विविध क्षेत्रमाकामगरिरहेको छ । फाउन्डेसनले ‘मेरो भ्वाइस युएसए’ र ‘मेरो डान्स युएसए’ गरी दुई फरक रियालिटी शोहरू आयोजनागर्दै आएको छ जुनक्रमशःदुई र चार सिजन सफलतापूर्वक सञ्चालनभएका छन्। फाउन्डेसनले प्रसिद्ध शिक्षकहरूको नेतृत्वमानिःशुल्क नृत्य तथागायनकक्षापनि सञ्चालनगर्दै अएको छ । यीकक्षाहरुबाट करिब पाँच सय विद्यार्थी लाभान्वितभइरहेका छन्। त्यसैगरी, फाउन्डेसनले अमेरिकामा रहेका नेपालीभाषी समुदायहरुमा फुटबल, क्रिकेट, स्नेकर र भलिबल जस्ता विभिन्न खेलकुदप्रतियोगिताआयोजनागर्दै आएको छ । फाउन्डेसनले नेपालकाविभिन्न शरणार्थी शिविरमा रहेका भुटानी शरणार्थीहरूको जीवनशैलीलाई उकास्न सक्रिय रूपमाकामगरिरहेको छ । यीशिविरहरुमा फाउन्डेसनले ज्येष्ठ नागरिक भत्ता, शिक्षा, खानेपानी र खेलकुद जस्ता क्षेत्रहरुमा सहयोग गर्दै आएको छ ।